×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा क्यापिटलले माघ ९ गतेदेखि १० करोड कित्ता सानिमा लार्ज क्याप फन्ड जारी गर्ने, मेरो सेयरबाट आवेदन दिन सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माघ ९ गतेदेखि सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फन्ड जारी गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड कित्ता जारी गर्ने भएको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ । यो सात वर्षे बन्दमुखी योजना हो । यसमा माघ १३ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ  । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ २६ गतेसम्म आवेदन खुला रहने सानिमा क्यापिटलले जनाएको छ । फन्डमा आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: