×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारी’ कर्मचारीद्धारा ‘सरकारी’ सम्पत्तीको चरम दुरुपयोग, यसरी गर्दैछन् कार्यालयकै अगाडी तरकारी खेती !

अर्थ सरोकार

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार

PRIME CA

‘सरकारी’ कर्मचारीद्धारा ‘सरकारी’ सम्पत्तीको चरम दुरुपयोग, यसरी गर्दैछन् कार्यालयकै अगाडी तरकारी खेती !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सरकारी सुविधाबाट दैनिकी चलाउने सरकारी कर्मचारीले सरकारी सम्पत्तीको चरम दुरुपयोग गरेको पाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको धनगढी नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा फुलवारीको सरकारी फिल्डमा तरकारी खेती गरेको पाइएको हो । कर्मचारीले मनपरी गर्दै मनलाग्दो समयमा कार्यालय खोल्ने गरेको सूचनाका आधारमा अर्थ सरोकारको टिम उक्त क्षेत्रमा पुग्दा यस्तो भेटिएको हो । 
कर्मचारीलाई खोज्न घरघरमा पुग्नुपर्छ:
पशु सेवा शाखा फुलवारीमा कार्यालय खोल्नका लागि कर्मचारीलाई खोज्न घरघरमा पुग्नुपर्ने अवस्था रहेको छ । कार्यालयमा पशु उपचारका लागि पुगेका तुल साउँदले कार्यालयमा कर्मचारी नदेखेपछि कर्मचारीलाई खोज्दै घर सम्म पुगेको बताए । कार्यालयमा आउने सेवाग्राहीहरु कर्मचारी समयमा नआउँदा फर्किएर जाने गरेको साउँदले बताएका छन् । यद्यपी यस्तो घटना पहिलो पटक मात्रै नभएको उनले बताए । 
समयमा पुग्दैनन् कर्मचारी: 
धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा फुलवारीका कर्मचारी समयमा कार्यालय नपुग्ने गुनासो प्राप्त भएको छ । उक्त सूचना प्राप्त भएलगत्तै हाम्रो टिम उक्त कार्यालयमा पुग्दा कार्यालयमा कार्यरत सहायक स्तर पाँचौ तहका कर्मचारी कृष्ण बहादुर धामीले आफु कार्यालयमा ढिला आएको स्विकार गरे । उनले भने, ‘शारिरिक रुपमा अस्वस्थ छु, मोटरसाइकल बिस्तारै चलाउँछु त्यसैले केहि ढिला भएको हो ।’ यता उक्त शाखाका कार्यालय सहयोगी इन्द्र बहादुर खड्काले भने कार्यालय खोलेर काम विशेषले बाहिर गएको बताएका छन्। 
सरकारी फिल्डमा तरकारी खेती: 
धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय पशु सेवा कार्यालय फुलवारीको कार्यालय परिसर अगाडीको सरकारी जमिनमा तरकारी खेती गरिदै आएको छ । कार्यालय परिसरमा पार्किङ्ग तथा कामकाजका लागि आवश्यक पर्ने ठाउँ छैन तर कार्यालय सहयोगी इन्द्र बहादुर खड्काले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै गोपी, गहुँ, अरहर, घाँस लगाउँदै आएका छन् । सरकारी कार्यालय अगाडीको सरकारी जमिनमा यस्तो पनि गर्न मिल्छ र ? भन्ने प्रश्नमा जवाफ दिदै उनले भने, ‘बाँझो राख्नुभन्दा प्रयोग गरौँ भन्ने नियतले खेती गरेको हुँ ।’ 

उक्त विषयमा बोल्दै कार्यालयका प्रमुख इन्द्र बहादुर धामीलेपनि सोहि कुरालाई दोहोराएका छन् । उनले भने, ‘यदी सम्बन्धित पक्षले यो काम रोक्न निर्देशन दिने बित्तिकै रोकिन्छ ।’ उक्त विषयमा तयार पारिएको भिडियो कार्यक्रम छिट्टै प्रशारण हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: