Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकले सोमबारदेखि सेयरधनीको बैंक खातामा ३.४७% नगद लाभांश जम्मा गर्न थाल्यो, नपाउनेले के गर्ने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकले आजदेखि सेयरधनीहरुको बैंक खातामा ३.४७% नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न पनि भनेको छ । अपडेटपछि मात्र खातामा नगद लाभांश आउने पनि बैंकले जनाएको छ । बैंकको सभाले गत वर्षको नाफाबाट ६% बोनस र ३.४७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK