Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट कपिलवस्तुस्थित तौलिहवामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले कपिलवस्तु स्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो ।अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK