×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत फाउन्डेशनलाई सो मात्राको सहयोग गरेको हो । उक्त रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिकावडा नं. १, केराबारीस्थित शिला रेग्मी(आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्ने छ । विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।
बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवीप्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदि जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्याउँदै आएको छ र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: