×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको केन्द्र प्रशासित जम्मु काश्‍मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद

PRIME CA
GLOBAL IME BANK

भारतको केन्द्र प्रशासित जम्मु काश्‍मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

श्रीनगर । भारतको केन्द्र प्रशासित जम्मु काश्‍मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद गरिएका छन् । उत्तर कश्मीरको बारामुल्ला जिल्लामा ओभर ग्राउन्ड वर्कर (ओजीडब्ल्यू) को गिरफ्तार हुनु ठूलो सफलता भएको प्रहरीले जनाएको छ । युवाहरुलाई आतंकवादी दलमा भर्ती गर्ने कामसमेत भइरहेको खुलासा भएको छ । प्रहरीले उनीहरुको साथबाट विशिष्ट खाले चिनियाँ ग्रिनेडहरु र अन्य हतियारहरु बरामद गरिएको जनाएको छ । बारामुल्लाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अब्दुल कयूमले ओजीडब्ल्यूले नवनिर्वाचित काउन्सलरलाई मार्ने जिम्मेवारी पाएको बयान दिएको बताएका छन् । 
‘सुरक्षा बलले डिसेम्बर २, २०२० मा बारामुलामा तीन चिनियाँ ग्रेनेडसहित असिफ गुल भनेर चिनिने ओजीडब्ल्यूलाई पक्राउ गरेको थियो, कयूमले पत्रकार सम्मेलनमा भने’ । उनले भने सुरक्षा बलले उनलाई आठ महिना देखि खोजिरहेकोसमेत बताएका छन् । ‘अगस्ट १, २०२० मा आतंककारीहरूले सुरक्षा चौकीमा आक्रमण गरेपछि बारामुलामा केही जवान शहीद भएका थिए । उक्त आक्रमणको मुठभेडमा भागेका आतंककारीहरू–हाइदर र उस्मान अर्को गोलाबारीमा मारिएका थिए, ’उनले भने । उनले आक्रमणको अनुसन्धानको क्रममा आसिफको नाम पत्ता लागेको बताए । ‘असिफको नाम ओजीडब्ल्यूले राखेको थियो, जो अनुसन्धानको क्रममा पक्राउ परेको थियो । तर आसिफको विरुद्ध बारामुल्लाका विभिन्‍न प्रहरी चौकीमा दुई थानहरूमा उनको विरुद्ध २९ भन्दा बढी एफआईआर दर्ता भइसकेको छन्, ’उनले भने ।
‘उनको गिरफ्तारी बारामुलामा कार्यरत सुरक्षा बलका लागि लागि ठूलो सफलता हो । किनकि उनले आतंककारीलाई सहयोग मात्र गर्दैनन्, तर युवाहरूलाई आतंकवादी समूहमा भर्तीसमेत गर्दछन्, ’ उनले थपे । उनले असिफलाई विगतमा चार पटक सार्वजनिक सुरक्षा ऐन मुद्दा चलाइएको बताइएको छ । एसएसपीले उनीहरुबाट बरामद गरिएको ग्रिनेडहरु जम्मू एवं कश्मीरमा पहिलो पटक देखिएको बताएका छन् । ‘जम्मू-काश्मिरमा सुरक्षाबलले अहिलेसम्म त्यस्तो कुनै बमहरु देखेको थिएन । सबै ग्रेनेडहरू संयुक्त चेकपोइन्टमा खोजतलासका क्रममा प्लास्टिकको बोतलले भरिएको झोलामा राखिएका थिए, ’उनले थपे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: