×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : नियन्त्रणमा आएन मनाङको नासो गाउँको जङ्गलमा लागेको आगो, आजबाट स्वस्थानी व्रत आरम्भ

अर्थ सरोकार

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार

PRIME CA

देश बोल्ने फोटो कथा : नियन्त्रणमा आएन मनाङको नासो गाउँको जङ्गलमा लागेको आगो, आजबाट स्वस्थानी व्रत आरम्भ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले मङ्गलबार बेलुकीदेखि मनाङ नासो गाउँपालिका वडा नं ५, ६ र ७ को जङ्गलमा आगलागीदेखि भक्तपुरको हनुमानघाटको त्रिवेणीमा बिहीबारदेखि सुरू भएको एक महिने स्वस्थानी व्रत आरम्भको दिनमा स्नान तथा प्रार्थना गर्दै सहभागी व्रतालुसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
मङ्गलबार बेलुकीदेखि मनाङ नासो गाउँपालिका वडा नं ५, ६ र ७ को जङ्गलमा आगलागी । आगोले जङ्गल सखाप बनाएको छ भने बुधबार वडा ५ को बस्ती नजिक आगो आएपछि सशस्त्र प्रहरी बलको सहायताले बस्ती नजिकको आगो नियन्त्रण लिएको छ ।
भक्तपुरको हनुमानघाटको त्रिवेणीमा बिहीबारदेखि सुरू भएको एक महिने स्वस्थानी व्रत आरम्भको दिनमा स्नान तथा प्रार्थना गर्दै सहभागी व्रतालु । 
मोरङको लोहन्द्रा खोलामा निर्माणाधीन नहरको काम तीव्र गतिमा हुँदै । तीन वर्षअघि भत्किएको २२७ मिटर लम्बाइ, अढाई मिटर चौडाइ र भित्री भाग दुई मिटर गहिराइको साइफन नहरमा यसैवर्ष पानी सञ्चालन  गर्ने उद्देश्यका साथ काम भइरहेको छ  ।  
भोजपुर– र धनकुटालगायतका स्थानबाट बिक्रीका लागि धरान–१३ अवस्थित कृषि बजारमा  व्यापारीले ल्याएको सुन्तला ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भारास्थित बगरखोलामा बनाइएको साँघु तर्दै स्थानीयवासीले चरीचरण क्षेत्रमा गरिएको भेंडाबाख्रा  । 
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट सामुदायिक होमस्टेका पदाधिकारीबाट आन्तरिक पर्यटकलाई बिहीबार बिदाइ गर्दै ।
खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि खरको छाना भएकाको घर अनुगमन गर्दै टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र बहादुर रावल र ९ नं. का वडाध्यक्ष लौटन चौधरी । टीकापुरमा करिब २५० खरको छाना भएका घरमा कर्कटपाता लगाइने भएको छ । 
मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्था । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन मूल समितिअन्तर्गत रहेको सामुदायिक वनले कटान गरी घाटगड्डीमा राखेको काठ सरकारले गएको जेठ १५ देखि सालको काठ बेचविखनमा रोक लगाएपछि सो सामुदायिक वनको करिब १९ हजार क्युविक काठ कुहिने अवस्थामा पुगेको समितिका अध्यक्ष नवीन राईले बताउनुभयो ।
स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान,  पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन ।
स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान,  पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन । 
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार  पर्यटक आउने गरेका छन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: