
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दया फाउन्डेसनको “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन सिभिल बैंकले गर्ने भएको छ । युवाहरुलाई लक्षित गर्दै ल्याइएको यस प्रतिस्पर्धात्मक कार्यक्रमकाे प्रायोजन सिभिल बैंकले गर्ने भएको हो ।
यस प्रतियोगितामा प्रथमलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेस्रोलाई १० हजारको व्यवस्था गरिएको छ । यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।
प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिक सम्म गर्नुपर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ र ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्नेछ।
अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७० प्रतिशत “युथ म्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्