×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकले ३५ प्रतिशतसम्म छुट पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकले ३५ प्रतिशतसम्म छुट पाउने

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सिद्धार्थ बैंकका ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् । बैंक र गैह्रीधारास्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: