- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा संचालनमा ल्याएकाे छ । अस्पतालमा उपचारको लागी आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।
उक्त सेवाको उद्दघाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बि एण्ड बि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरे । बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।