×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन र रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालको माग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन र रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालको माग

बिर्तामोड । चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको हो ।
संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनःस्थापना गर्न माग गरेको छ । साथै प्रदेश न. १ को नामाकरण लिम्बुवान, खम्बुवान/किरात घोषणा गर्न माग गरेको छ ।
साथै शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत मञ्चले विज्ञप्ति मार्फत माग गरेको छ । आदिवासी जनजातिहरुको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जंगल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ । यसैबीच संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: