×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘छापामार शैलीमा संविधानको प्रबन्ध भन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्यो’ : अर्थमन्त्री पौडेल

PRIME CA
GLOBAL IME BANK

‘छापामार शैलीमा संविधानको प्रबन्ध भन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्यो’ : अर्थमन्त्री पौडेल

१९ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रबन्ध भन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलिमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने षड्यन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको हो ।
उहाँले अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधि सभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताउनुभयो । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क गर्नुभयो । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहँदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताउनुभयो ।
सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताउनुभयो । सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पार्नुभयो । निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढन समेत अर्थमन्त्री पौडेलले आग्रह गर्नुभएको छ । अझैपनि केही मानिसहरु प्रतिनिधि सभा पुनरस्थापना हुन्छ की भन्ने भ्रमले छातिमा पोस्टर टासेर सडकमा बसिरहेको बताउनुभयो । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुनरस्थापना हुने कुनै सम्भावना नभएको उहाँको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: