×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूले ल्यायाे परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके क्लिक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूले ल्यायाे परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके क्लिक’

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ईन्टरनेट बैंकिङ्ग सेवाको स्तरोन्नति गरेकाे छ । बैंकले आफ्नाे ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके क्लिक’ विभिन्न आकर्षक सेवा तथा सुविधाहरु सहित स्तरोन्नति गरेकाे हाे । बैंकले यस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपिएस सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जानकारी गराएकाे छ ।
साथै यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको बैंकले जनाएकाे छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी