×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्यालेन्टाइन डे’ को अवसरमा बैंक अफ काठमाण्डूले ल्यायो विशेष छुटको योजनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘भ्यालेन्टाइन डे’ को अवसरमा बैंक अफ काठमाण्डूले ल्यायो विशेष छुटको योजनामा

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि EMI सुबिधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ ।
यसै अवसरलाई मध्यनजर गर्दै यस बैंकले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि EMI सुबिधा ल्याएको छ । यस EMI सुबिधामा ग्राहक महानुभावहरुले रु. ४० हजार देखी रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नुहुनेछ ।
साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहक महानुभावहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुनेछ । बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी