×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई बन्डमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई बन्डमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई बन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त बन्डमा आज आइतबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । बैंकले माघ १६ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४० लाख इकाई बन्ड बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८४’ जारी गरेको हो ।
४० लाख इकाईमध्ये १६ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । बैंकले यसमा वार्षिक ८।५५ ब्याजदर दिने जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी