×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले चिनियाँ उइगरमाथि गरिरहेको नरसंहारमा पश्‍चिमा मुलुकहरुको ध्यानर्कषण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनले चिनियाँ उइगरमाथि गरिरहेको नरसंहारमा पश्‍चिमा मुलुकहरुको ध्यानर्कषण

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चीनले सिन्जियाङमा रहेका उइगर तथा अल्पसंख्यक मुस्लिमहरुमाथि नरसंहार गरिरहेको छ । यस विषयमा संयुक्त राज्य अमेरिकालगायतका पश्‍चिमा मुलुकहरुले मानवअधिरकारको चरम उल्लंघन र मानवताविरुद्धको अपराध भएको बताएका छन् ।
तर मुस्लिममाथिको दमनको विरोध गर्ने इस्लामिक स्टेटले भने उइगरमाथि भइरहेको नरसंहारका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन । इस्लामिक स्टेटले केवल उइगुर मुद्दाहरूको बारेमा मात्र नभइ चिनियाँ प्रभावका कुनै पनि मुद्दामा मुख खोलेको छैन । विज्ञहरू यस मौनताको पछाडिको कारणबारे विभिन्‍न टिकाटिप्पणी गरिरहेका छन् । केहीले यो रणनीतिक चाल भएको बताएका छन् । आईआईसले मध्यपूर्व र दक्षिण एशियामा अमेरिकी सैनिक उपस्थितिको विरोधलाई प्राथमिकता दिन्छ ।
केहीले बेइजिङको दमनकारी राज्य उपकरण र शिनजियांग क्षेत्रमा निगरानी विधिहरूले विरोध गर्दा चीनबाट आउने आर्थिक सहायता रोकिने आँकलन गरेका छन् । यद्यपि केही उइगरमाथिको नरसंहारविरुद्ध पनि नबोल्‍नु अस्थायी ब्लिप हुनसक्ने बताएका छन् । आईएसआईएसले मुस्लिमहरुको उत्पीडनविरुद्ध विश्‍वभर आतंक फैलाइरहेको समूह हो । यसले चीनमा रहेका उइगर मुस्लिममाथि भइरहेको दमनलाई रोक्‍नुपर्ने भन्दै आवाजहरु उठिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: