×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन सरकारकै कारण कोरोना प्रकोप नियन्त्रणबाहिर गएको वुहानका चिकित्सको दाबी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीन सरकारकै कारण कोरोना प्रकोप नियन्त्रणबाहिर गएको वुहानका चिकित्सको दाबी

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चीनको वुहानबाट सुरु भएको कोरोना प्रकोपले विश्व महामारीको रुप लियो । विश्‍वभर करोडौं मानिसहरु संक्रमित भए भने लाखौं मानिसहरुको मृत्यु भयो । कोरोना महामारीको उत्पत्तिबारे वुहान अस्पतालका एक चिकित्सकले उनी र उनका साथीहरूले सन् २०२० को जनवरीमा नै चिनियाँ अधिकारीहरूलाई जानकारी गराउँदा आफूलाई चेतावनी दिएको बताएका छन् ।
ती चिकित्सकले बीबीसीसँगको कुराकानीका क्रममा आफूहरुले चिनियाँ अधिकारीहरुलाई कोरोना भाइरसको संक्रमण दर र यो फैलिनसक्ने अवस्थाबारे जानकारी गराउँदा पनि आफ्नो दाबीहरुलाई अस्वीकार गरेको र चेतावनी दिएको बताएका छन् । कोरोना भाइरस र वुहान लकडाउनको पहिलो संक्रमितबीच ५४ दिनको एक वृत्तचित्र बनाएको छ । उक्त वृतचित्रमा चिकित्सकले चिनियाँ अधिकारीहरुको लापरबाहीबारे र स्वास्थ्यकर्मीहरुलाई चुपा लाग्‍न दिएको निर्देशनका विषयमा उल्लेख गरेका छन् । वुहान केन्द्रीय अस्पताल हुआननको वेट मार्केटबाट केही किलोमिटर टाढा छ ।
वुहान कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु हो र डिसेम्बर २०१९ मा पहिलो कोरोना संक्रमित देखिएको छ । अस्पतालका दुई सयभन्दा बढी कर्मचारीले भाइरस संकुचित गरेको बताइएको छ । कोरोना प्रकोपका ह्विस्टब्लोवर डाक्टर ली वेनलियांगको मृत्यु भएको थियो । अस्पतालको स्वास्थ्य विभागमा १० जनवरीसम्मा कोरोना भाइरस कति फैलिनसक्छ भन्‍ने यकिन भइसकेको तर चीन सरकारका लागि फैलिएको ती चिकित्सकले बताएका छन् । चीन सरकारकै कारण कोरोना प्रकोप नियन्त्रणबाहिर गएको ती चिकित्सकले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: