चीन । चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेको खबरहरू बाहिरिएको छ । झट्ट हेर्दा यो प्रस्ताव चीनकै वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी नेपालमा फैलिनबाट रोक्नका लागि सहयोग गर्नका लागि आएको जस्तो देखिन्छ । वुहानको वेट मार्केटमा हाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सो भाइरसबारे अनुसन्धान पनि अगाडि बढाएको छ । यतापट्टी विश्वासनीय स्रोतहरूले संकेत गरे अनुसार नेपाललाई सिनोफर्म खोपको ३ लाख डोज प्रदान गर्ने एकतर्फी घोषणा गरिनुले वास्तविक चिनियाँ अभिप्रायबारे नेपाली जनता र अधिकारीहरुमा शंका उब्जेको छ । स्रोतका अनुसार सो घोषणा पछाडिको वास्तविक अभिप्राय ‘सुरक्षा र प्रभावकारिता’ सम्बन्धि आवश्यक कागजात विना नै सो खोपलाई नेपालमा आपतकालीन प्रयोगको लागि आधिकारिता प्राप्त गर्न लगाउनु हो ।
स्रोतका अनुसार चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा पाकिस्तानमा सिनोफार्मलाई दिएको आधिकारिकताको हवाला दिदै नेपालमा पनि सो खोपको आधिकारिकता दिनुपर्ने तर्क गरिएको छ । तर पाकिस्तान चीनको इशारामा चल्ने मुलुक भएको सर्वविदितै छ । तसर्थ पाकिस्तानले सुरक्षा र प्रभावकारितालाई कति ध्यानमा राखेर उक्त खोपलाई आधिकारिकता दिएको होला भनी बुझ्न गार्हो पर्दैन । यहाँ उल्लेखनीय यो पनि छ की सिनोफार्मले तेस्रो चरण परीक्षणको तथ्यांक पनि नेपाललाई उपलब्ध गराएको प्रष्ट छैन, जसको बिना खोपको प्रभावकारिताको दावीमाथिको शंकाको निवारण हुनसक्दैन । यस अवस्थामा आधिकारिकताका लागि उपहारको जालो फालिनुले चिनियाँहरूका लागि नेपाली जनताको सुरक्षा र हितभन्दा पनि उनीहरूको खोप बढी प्यारो रहेको प्रष्ट देखिन्छ । यहाँनेर यो पनि बुझ्नु आवश्यक छ कि साइनोफर्मको खोपको आधिकारिता प्राप्त भएपछि उक्त खोपलाई नेपाली बजारमा प्रति डलर १९.३० मा बेच्ने योजना बनाइएको छ जुन आफैमा महामारीको समयमा नेपाली जनताको लाजमर्दो शोषण हो ।
औषधि उधोगहरूले जनाएअनुसार भारतमा उत्पादित सेरम भ्याक्सिनको मुल्य सुरक्षा सुनिश्चितता पनि नभएको चिनियाँ खोपको एक अंश पनि पर्दैन । तसर्थ ३ लाख डोज खोप उपहारमा दिने चिनियाँ प्रस्तावले नेपालीहरूको स्वास्थ्यसँग कुनै सरोकार राख्दैन, बरु उसको सो प्रस्ताव भारतको खोप मैत्रीको पहलमा प्रतिरोध गर्ने प्रयासबाट बढी प्रेरित छ । यो महामारीको समयमा यस्तो खाले तुक्ष प्रतिस्पर्धाको जालोबाट नेपाल समयमै सावधान हुनु आवस्यक छ । अहिले यो आशा मात्र गर्न सकिन्छ कि नेपालका नियामक निकायहरूले नेपाली जनतामा प्रभावहिन अथवा नक्कली खोप लाग्नबाट रोक्न आवश्यक कागजातहरू माग्लान ।