
चीन । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा भएको छ । हम्बानटोटा द्वीपमा अवस्थित उक्त बन्दरगाह र औद्योगिक क्षेत्र समेत चीनको ८० प्रतिशत लगानी रहेको एक कम्पनीलाई १९८ वर्षसम्म भाडा लिन सक्ने खुलासा भएको हो ।श्रीलंकाका विदेश मन्त्री दिनेश गुणवर्देनाले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत बनेको हम्बानटोटा बन्दरगाह चीनले १९८ वर्षसम्म भाडामा लिन सक्ने खुलासा गरेको हुन् ।
विदेश मन्त्री गुणवर्देनाले सिलोन टुडे समाचार पत्रसँग कुरा गर्दै भने,’अघिल्लो सरकारको गल्तीका कारण दुई देशको सम्झौतामा ९९ सय वर्षका लागि चीनले भाडामा लिएको हम्बानटोटा पोर्ट त्यसपछि पनि उसैले भाडामा लिन सक्ने प्रावधान रहेको छ ।’ ‘एमओयूमा ९९ वर्षको लिज अवधि थप लम्ब्याउन सकिने भनेको छ । यो भनेको ९९ वर्षपछि जति वर्ष पनि थप्न मिल्छ, थप ९९ वर्ष पुर्याए पनि हुन्छ,’ गुणवर्देनाले थप्दै भनेका छन् । १ अर्ब बढी डलर खर्चेर बनाइएको हम्बानटोटा पोर्टमा अन्तर्राष्ट्रिय चासो छ ।
चीनका आलोचकहरूले बिआरईमार्फत् बेइजिङले कसरी गरिब मुलुकलाई ऋणको पासो (डेट ट्र्याप) मा पार्छ भन्ने यो प्रतिनिधि प्रोजेक्ट भएको बताउँदै आएका छन् । दक्षिणी श्रीलंकामा रहेको हम्बानटोटालाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले श्रीलंका सरकारले चीनसँग ऋण लिएर पोर्ट बनाएको थियो । अपेक्षित व्यापार नभएर ऋण तिर्न मुस्किल भएपछि ९९ वर्षमा १.२ अर्ब डलर उठाउने गरी श्रीलंकाले यो पोर्ट चिनियाँ सरकारी स्वामित्व रहेको कम्पनीलाई भाडामा दिएको छ । सन् २०१९ मा श्रीलंकाको राष्ट्रपति बनेपछि गोटवाया राजापाक्षेले सन् २०१७ मा चीनसँग भएको हम्बानटोटा पोर्ट सम्झौतामा संशोधन गर्ने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्