×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच सम्झौता, रिसोर्टको सेवामा विशेष छुट पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच सम्झौता, रिसोर्टको सेवामा विशेष छुट पाइने

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिपुरा रिसोर्ट कालिन्चोकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौतापश्चात बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले त्रिपुरा रिसोर्टमा सेवा लिदा विशेष छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: