×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र कर्मभुमी समाजबीच सम्झौता, सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंक र कर्मभुमी समाजबीच सम्झौता, सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Artha Sarokar

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र कर्मभुमी समाजबीच सम्झौता भएको छ । बैंक र समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको हो । सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुकोवित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न बैंकले सदैव मद्दत गर्दै आएको हो ।
नेपाली जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोश,जागर,आर्जित सिप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । कर्मभुमी समाजले व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भुमिका निर्वाह गर्ने भएको छ । सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कृषि, घरेलु तथा साना उद्यम लगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षितयुवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायतका सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन बैंकले विभिन्न योजना संचालनमा ल्याएको छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरी छरिएका शाखाहरुबाट विभिन्न शिर्षकमा हालसम्म करिब १५०० जनालाई करिव १ अर्व ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ । साथै नेपाल राष्ट्र बैंकको नीतिअनुरुप बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध सहुलियतपूर्ण कर्जा उपभोग गरी आफ्नो व्यवसाय विस्तार गर्नको लागि बैंकका प्रमुख कार्यकारी अधिकृतले अनुरोध गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी