
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिईरहेको बैंकिङ सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्रयोजनका लागि कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधाको सञ्चालन गरेको छ । उक्त सुविधा मिति २०७७/१०/२५ आईतबारको दिनबाट सञ्चालन गरिएको हो । बैंकद्धारा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरेका हुन् ।
साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकको निति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्व मेची देखी पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपालभर बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएममार्फत सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा बैंक रहेको पनि अवगत गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्