- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज ४ सयले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ४४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५० कायम गरेको छ ।