- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँ ४९६पैसामा कारोबार भइरहेको छापावाला सुन आज घटेर ९१ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ
यता चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य भने ७८ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ । यस्तैगरी प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ कायम गरेको छ ।