- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज १ हजार १ सयले बढेर प्रतितोला ९० हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार २४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।