
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले फेवाताल छेउमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने स्थानमा पर्यटकको चहलपहलदेखि जातीय पहिचान झल्कने पोशाकमा सजिएर हुर्रा नाच प्रस्तुत गर्दै गरेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित भोर्लेनीका मगर कलाकारसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
फेवाताल छेउमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने स्थानमा पर्यटकको चहलपहल । साहसिक पर्यटनका रुपमा रहेको प्याराग्लाईडिङ पोखराको सराङ्कोटबाट उडेर उक्त क्षेत्रमा ल्याण्ड गरिन्छ ।

जातीय पहिचान झल्कने पोशाकमा सजिएर हुर्रा नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित भोर्लेनीका मगर कलाकार । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार/संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ ।

सङ्गिनी नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका महिला । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार÷संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ ।

भारतको सिक्किम राज्यले नेपाल–भारत सीमा क्षेत्रसम्म हालै विस्तार गरेको सडक । पुष्पलाल लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिका–२, चिवाभञ्ज्याङ सीमा क्षेत्रसम्म सिक्किम सरकारले सडक विस्तार गरेपछि नेपाल र सिक्किम सडक सञ्जाल जोडिएको छ । सडकले जोडिएपछि नेपालको सीमा क्षेत्रका स्थानीयवासीले चिवाभञ्ज्याङमा व्यापारिक नाका स्थापना गर्न माग गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा सहभागी हुँदै ।

कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी शिल्ड बुज्दै राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी । उक्त विद्यालय ३२ प्रकारका खेल मध्य १२ खेलमा प्रथम भएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गरेपछि चिटिक्क बनेको सडक। गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिकाको केन्द्र रहेको बावियाचौर बजार क्षेत्रको करिब ६०० मिटर सडक कालोपत्रे गर्न सुरु गरिएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको वितरणका लागि सप्लाएर ट्याङ्कीबाट जमिनमुनि पाइप बिछ्याउँदै कामदार । कोरोना सङ्क्रमणका कारण छ महिना धकेलिएको यो आयोजना नेपाल सरकारको कुल रु एक अर्ब २७ करोडमा सम्पन्न हुँदैछ । आयोजनाबाट तेमाल र रोशी गाउँपालिका तथा नमोबुद्ध नगरका करिब नौ हजार ३१० परिवारका ५५ हजार लाभान्वित हुनेछन् ।

देशकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन क्षेत्र ।

सप्तरीको राजविराजस्थित कल्टुपोखरीमा बुधबार सरस्वतीको मूर्ति बिसर्जन गरिँदै ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्