×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले उपहार दिएको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान सोमबारदेखि सुरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतले उपहार दिएको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान सोमबारदेखि सुरु

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतले उपहार दिएको कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो चरणको खोप अभियान सम्पन्‍न भएर तेस्रो चरणको खोप अभियान चलिरहेको छ । भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । नेपालमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपलाई मात्र हाल प्रयोगका लागि अनुमति दिइएको छ । भारतले भ्याक्सिन मैत्री पहलअन्तर्गत नेपालसहितका छिमेकी मुलुकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको हो ।
उक्त खोप पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सफाइकर्मी, दोस्रो चरणमा पत्रकारसहित धेरै मानिसको सम्पर्कमा आउने मानिसहरुलाई लगाइएको थियो । कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान फगुन १० गते सोमबार (आज) देखि सुरु हुँदैछ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ सम्म निर्धारण गरिएको हो । फागुन २ बाट हुने अभियानमा ३ लाख जनालाई खोप लगाउने सरकारको योजना छ । उनीहरूलाई पहिलो चरणको पहिलो प्राथकितामा परेका स्वास्थ्यकर्मीलाई खोप दिएको ठाउँबाट खोप दिन लागिएको हो । यसअघि भारतले १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएपछि पहिलो चरणमा माघ १४ देखि २४ सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: