
काठमाडौं । भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ । सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । अहिलेका विनिमय दर अनुसार यो रकम १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ । अघिल्लो वर्ष भारतले नेपाललाई अनुदान दिन ८ अर्ब ८० करोड भारतीय रुपैयाँ मात्रै छुट्याएको थियो ।
यो वर्ष अनुदान रकम करिब १२.७२ प्रतिशतले बढेको हो । त्यसो त सन् २०१९ मा नेपाललाई भारतले ११ अर्ब ९८ करोड रुपैयाँ सहयोग गरेको थियो । अहिले घोषणा गरिएको रकम त्यो भन्दा कम हो । भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्म्भिस, म्यान्मार र मंगोलियालाई देश तोकेरै सहयोग गर्दै आएको छ । त्यसबाहेक अफ्रिकी, युरोएशियन, ल्याटिन अमेरिकी लगायत अन्य विकासशील राष्ट्रहरुलाई समेत भारतले सहयोग गर्दै आएको छ । यो वर्ष भुटानलाई सहयोग गर्न सबैभन्दा बढी २१ अर्ब २४ करोड भारु विनियोजन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्