×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने, यी ठाउँबाट भर्न पाइने

PRIME CA
GLOBAL IME BANK

नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने, यी ठाउँबाट भर्न पाइने

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कोषले फागुन २१ गतेदेखि उक्त परिमाणको सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । कोषले ८२.८४% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामी गर्न लागेको हो । सेयर लिलामीमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् भने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: