×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न पाइने, ती माध्यम कुन-कुन हुन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ ।यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओ हेर्न मिल्ने व्यवस्था रहेको थियो । तर गोपनीयताको विषयमा प्रश्न उठेपछि क्लियरिङ हाउसले यस्तो व्यवस्था गरेको हो । 
अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो सेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । भोलि (शुक्रबार) बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: