Skip to content
LAXMI SUNRISE BANK

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो ५२ प्रतिशत लाभांश

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४९.४० प्रतिशत बोनस सेयर र कर तिर्न २.६० प्रतिशत नगद गरी कुल ५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउने भएका छन् । जनउत्थानले हाल कायम ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ पुग्नेछ । गत वर्ष भने यस लघुवित्तले २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK