×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कञ्चनपुरको बतासे झर्नामा रमाउँदै आन्तरिक पर्यटक, बेनी बजारको सडक कालोपत्रे गर्दै मजदुर

अर्थ सरोकार

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार

PRIME CA

देश बोल्ने फोटो कथा : कञ्चनपुरको बतासे झर्नामा रमाउँदै आन्तरिक पर्यटक, बेनी बजारको सडक कालोपत्रे गर्दै मजदुर

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका– ८ चुरेको फेदीमा रहेको बतासे झर्नामा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि म्याग्दीको सदरमुकाम बेनी बजारको सडक कालोपत्रे गरिरहेका मजदुरसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका– ८ चुरेको फेदीमा रहेको बतासे झर्नामा आन्तरिक पर्यटक । बतासे झर्ना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा परिचित रहेको छ । 
म्याग्दीको सदरमुकाम बेनी बजारको सडक कालोपत्रे गर्दै मजदुर । बेनी नगरपालिकाले बजारका विभिन्न भागमा सडक कालोपत्रे गरिरहेको छ । 
गाउँपालिकामा पहिलो पटक विद्युत पुगेपछि खुसियालीमा नाचगान गर्दै सल्यानको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री ।
धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा कालीको मूर्ति कुँद्दै कलाकार हिम्मत नेवाङ । मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा सहयोगी कलाकारसहित विभिन्न १५ जना कलाकारले धार्मिक एवं प्राकृतिक मूर्ति कुँद्दै छन् ।
कैलालीको कटाक्षे बजारमा हाट बजार चलेको बेला निर्माण भएको घर । पहाडी जिल्ला अछाम, दैलेख, कालिकोट, जुम्लालगायत ठाउँबाट  सामान लिन यही कटाक्षेको हाट बजारमा मानिस आउने गर्दथे । कटाक्षेबाट सामान लिएर अछाममा व्यापार गरिन्थ्यो भने जुम्लामा कटाक्षेबाट नुन पुग्थ्यो । घर मालिकले आफूलाई  व्यापारी भनेर चिनाउने  यो घर अहिलेसम्म  बिक्री  गरेका छैनन् । आफू चै  यहाँबाट बसाइँ सरिसकेका छन् । 
उत्तरी मोरङको केराबारी गाउँपालिका–२, प्रसिद्ध पर्यटन क्षेत्र जेफालेमा निर्मित भ्यू टावर । प्रदेश नं १ का सबै जिल्ला देखिने भनेर स्थानीयले बताउने यो टावर समुद्री सतहबाट एक हजार ९७५ मिटर उचाइमा रहेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरी बताउँछन । होमस्टे, साइकल यात्रा र हाइकिङलाई जेफाले पूर्वी तराईको एक  चर्चित गन्तव्य हो ।  जेफाले भेडेटारबाट ३६ तथा केराबारी बजारबाट २४ किलोमिटरको दूरीमा छ । दुई पाङ्ग्रे यात्रामा सहजै पुगिने गन्तव्य भएकाले मनोरञ्जन लिन आन्तरिक पर्यटक यहाँ थुप्रै आउने गर्छन । 
बागलुङ बजारको मुख्य चोकमा थ्रसर मेसिनको प्रयोग गरेर हतियारमा धार निकाल्दै कालिगड । 
बजेट अभावमा अलपत्र अवस्थामा डडेलधुराको अमरगढी नगरपालिका क्षेत्रमा रहेको कभर्ड हल ।  
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र शुक्लागण्डकी नगरपालिका–२ जोड्न गुबेखोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल । शुक्लागण्डकी नगरपालिकाको रु एक करोड ४७ लाख ४८ हजार ७७१ को लागतमा पुल निर्माण शुरु भएको हो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: