×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘आगामी वर्षदेखि विद्युत किन्नु पर्दैन, १ सेकेण्डपनि विद्युत जाँदैन…’ : प्रधानमन्त्री ओली(भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताउनुभएको छ । सोमबार प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० के.भी. सवस्टेशन र विश्व बैंकको ऋणमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न २२०/१३२ के.भी. ढल्केबर सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताउनुभएको हो ।
उहाँले भारत र बंगलादेशलाई विद्युत बेच्नका लागि गम्भिर छलफल चलाइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले प्राविधिक कारण कहिलेकाहीँ बिद्युत जाने भएपनि लोडसेडिङ नभएको पनि बताउनुभयो । प्राविधिक समस्या समाधानका निम्ति सबस्टेशनहरु बनिरहेको पनि जानकारी दिनुभयो । उद्योगधन्दा, कलकारखाना र व्यवसाय सञ्चालनका निम्ति आवश्यक जति बिद्युत पनि उपलब्ध गराउने उहाँको भनाई छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको आगामी चुनौती सामना गर्न विद्युत उत्पादन हुँदै गरेको बताउनुभयो । टनकपुर, बुटवल र अन्य क्षेत्रबाट पनि भारतसँग विद्युत अयात र निर्यातको काम गर्ने उहाँको भनाई छ । त्यसैगरी चिन र बंगलादेश सँगपनि आयात निर्यात गर्ने उहाँले बताउनुभयो । जिर्ण ट्रान्समिसन लाइन सुधार गर्दै अत्याधुनिक ट्रान्समिसन लाईन विकास गरी देशभित्रको ऊर्जा वितरणलाई प्रभावकारी बनाइने उहाँको भनाई छ । देशमा एक सेकेन्ड पनि बिद्युत नजाने व्यवस्थाको लागि राज्य लाग्ने मन्त्री रायमाझीले बताउनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: