×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै २ लाखसम्मको कर्जा लिन सकिने, गर्यो स्मार्ट फोन लोन सेवा सुरु

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै २ लाखसम्मको कर्जा लिन सकिने, गर्यो स्मार्ट फोन लोन सेवा सुरु

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको  छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने बैंकले जनाएकाे छ ।
आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएकाे जनाएकाे छ । बैंककाे अनुसार यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिने र यो पुर्व स्वकृति हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । यस कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: