- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक लाख ८२ हजार ८०८ कित्ता आईसीएफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।