
- अर्थ सरोकार सम्बाददाता
धनगढी । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोडमार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरेले काठमाडाैं बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए ।सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्