
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने भएको छ ।
बैंकले २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त प्रस्तावित लाभांश सेयरधनीहरुले पाउने भएका छन् । गत वर्ष बैंकले ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्