Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्ष मनोरञ्जन रमण शर्माद्धारा सपथ ग्रहण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको मिति सोमबार बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।
हिजो सोमबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भइ सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।
अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK