×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड नियुक्त

PRIME CA
GLOBAL IME BANK

महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड नियुक्त

१९ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपालएसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेभएको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण सेयरधनीहरुलाई जानकारी गराईने छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: