×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको खुद नाफामा आकर्षक सुधार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको खुद नाफामा आकर्षक सुधार

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सराकार सम्बाददाता
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक सुधार भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा आकर्षक सुधार भएको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा आईपुग्दा १२४.०२ प्रतिशतले वृद्धि गरेर २ करोड २८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले गत वर्ष यसै अवधिमा भने खुद नाफा १ करोड २ लाख १८ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी २६.४४ प्रतिशतले बढेर ६ करोड ७ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा पनि १२७.९७ प्रतिशतले बढेर १ करोड ६४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले पुस मसान्तसम्म ४१ करोड ९९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७८ करोड ७२ लाख ९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड ५० लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने घटेर ३.२० प्रतिशतमा आएको छ । गत वर्ष खराब कर्जा ३.४८ प्रतिशत रहेको थियो । यसको कस्ट अफ फन्ड ५.९५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: