
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई नगद प्रवाह ब्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिरहेको छ । कम्पनीले ग्राहकहरुलाई व्यवसाय विस्तार र प्रवद्र्धन कार्यमा सहज बनाउनका लागी उक्त तालिम आयोजना गरेको हो । एरिया टेक्नोलोजी प्रा.लि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिज्संगको सहकार्यमा मेरा माइक्रोफाइनान्सले आयोजना गरेको तालिममा करीब ४०० जना ग्राहकहरुलाई तालिम दिन सुरु गरिएको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिएका छन् ।
त्यस्तै शाखा कार्यालयहरु नुवाकोट जिल्लामा रहेका शाखा कार्यालयहरु बट्टार, रातमाटे, सातबिसे, रानीपौवा र कल्याणदेवीका ब्यावसायिक कृयाकलापहरुलाई विस्तार तथा व्यवस्थित बनाउनु तालिमको उद्देश्य रहेको पनि उनले बताए । सो तालिममार्फत व्यवसायिक लेखाजोखा सम्बन्धमा अनुसन्धानात्मक अध्ययन समेत रहेकोले सदस्यहरुलाई प्रविधिमैत्री बनाउन मुंशीजीएप मार्फत सदस्यहरुका लागी नगद सम्बन्धी सम्पूर्ण हरहिसाव राख्नुका साथै व्यवसायको अवस्थाको बारेमा समेत चित्रण गर्न सकिने परियोजना, अनुसन्धान तथा विकास विभागका प्रमुख माधव न्यौपानेले जानकारी दिएका छन् ।
सो एपमार्फत नाफा घाटाको अवस्थाका साथै मासिक रुपमा खर्च, आम्दानी खर्चको शिर्षकमार्फत राख्न सकिने समेत जानकारी दिएका छन् । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरुमार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पुर्याउदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्