×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोस्रो त्रैमासमा बढ्यो मिथिला लघुवित्तको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा आईपुग्दा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ८०.१८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड ६४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २५.७९ प्रतिशत र सञ्चालन नाफा ६४.०७ प्रतिशतले बढेको छ । गत वर्ष ४ करोड ८ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीको यो त्रैमासमा बढेर ५ करोड १३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा पनि २ करोड ५० लाख रुपैयाँबाट बढेर ४ करोड ११ लाख रुपैयाँ पुगेको छ । कम्पनीले पुस मसान्तसम्म ४० करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ६३ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा भने बढेर ३.६६ प्रतिशत पुगेको छ । गत वर्ष संस्थाको खराब कर्जा २.३९ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: