- अर्थ सरोकार सम्बाददाता
कमाठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४४.९७% ले धेरै हो।गत वर्षको सोहि अवधिमा संस्थाले ९ करोड २५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३७.७३% र ४४.९७% ले बढेको छ । जसकारण खुद नाफामा राम्रो सुधार आएको छ । यस अवधिसम्म आउँदा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक १०१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७८ पैसा छ भने जगेडा कोषमा ३४ करोड ५३ लाख २९ हजार रुपैयाँ रहेको छ ।