×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले नेपाललाई दिने वित्तीय अनुदान गत वर्षको भन्दा तीन अर्व रुपैयाँले बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतले नेपाललाई दिने वित्तीय अनुदान गत वर्षको भन्दा तीन अर्व रुपैयाँले बढ्यो

१९ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्व भारुले वृद्धि गरिएको छ । बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्व ९२ करोड भारु (१५ अर्व ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ ।
दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ । गत वर्षको बजेटमा भने सुरुमा ८ अर्व भारु (१२ अर्व ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो । गतवर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो । भारतले सन् २०१९/२१ का लागि करिब १२ अर्व भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०/२१ का लागि ८ अर्व भारु मात्र विनियोजन गरेको थियो । पछि बजेटमा विनियोजितभन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ ।
भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ । विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्व भन्दा बढी अनुदान दिइने जनाइएको छ । भारतले श्रीलंकालाई दिने अनुदानमा भने उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष ७५ करोडमात्र अनुदान दिइएकोमा यस वर्ष त्यसलाई बढाएर २ अर्व भारु पुर्‍याइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: