
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७% ले बढेको छ । संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो । सार्वजनिक भएको वित्तीय विवरण अनुसार संस्थाको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा संस्थाले खुद बिमा शुल्क पनि २२.८३% ले बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । जीवन बिमा कोषको आकार पनि ३०.५३% ले बढेर १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अहिलेसम्म संस्थाले ५ अर्ब २४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब २९ करोड ४० लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ । यस्तै प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको संस्थाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्