×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचत पत्र २०८२ ‘क’ बिक्री गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचत पत्र २०८२ ‘क’ बिक्री गर्ने

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको नागरिक बचत पत्र २०८२ ‘क’ बिक्री गर्ने भएको छ । बैंकको माघ २७ गते मंगलबारदेखि नागरिक बचत पत्र बिक्री गर्ने भएको हो । बैंकले वार्षिक ९ प्रतिशत व्याज दिने गरी उक्त बचत पत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने छ भने व्याजको भुक्तानी ६-६ महिनामा हुनेछ । नागरिक बचत पत्र ५ वर्षे अवधिको हुने भएको छ ।
यसमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । बैंकका अनुसार यस बचत पत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने भएका छन् । बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने भएको छ । आगामी माघ २७ गतेदेखि १८ गतेसम्म बिक्री गरिने भएको छ । यस बचत पत्रको अन्तिम निष्कासन मिति भने आगामी फागुन २५ गतेका लागि तोकिएको छ । बैंकले २०८२ फागुन २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ ।
बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचत पत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुईप्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: