×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताले नपत्याएको प्रचण्डको नेपाल बन्दलाई सेयर बजारले पनि बालै दिएन, बिहीबार पनि नेप्सेमा उछाल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनताले नपत्याएको प्रचण्डको नेपाल बन्दलाई सेयर बजारले पनि बालै दिएन, बिहीबार पनि नेप्सेमा उछाल

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनताले नपत्याएको प्रचण्डको नेपाल बन्दलाई सेयर बजारले पनि पत्याएन । आमहड्तालको दिन बिहीबार नेप्से परिसूचक बढेको छ । बुधबार २४६६ अंकमा रोकिएको नेप्से परिसूचक बिहीबार ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेको छ । ८.३४ अंकले परिसूचक बढ्दा ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१ करोड ८७ लाख १९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १२ वटा समूहमध्ये ६ वटा समूहको सूचक बढेको छ भने ट्रेडिङ र माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी बढेको छ । १५ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी २७ करोड ५३ लाख रुपैयाँसहित अग्रस्थानमा आइपुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा ग्लोबल आइएमई बैंक परेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: