
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुनेभएको छ । कम्पनीको वार्षिक साधारणसभा फागुन २२ गते उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुने भएको हो । उक्त सभा बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ ।
कम्पनीले हाल कायम ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्ता बोनस र नगद लाभांश प्रस्ताव गरेको हो । सभाबाट प्रबन्धपत्र तथा नियमावली पनि संशोधन हुने भएको छ । यस्तैगरी कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा पेश हुने भएको छ । सभा प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ । जसकारण फागुन ६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा उपस्थित हुन पाउनेछन् । प्रस्तावित ८ प्रतिशत बोनसपछि चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ पुग्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्