×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक, ‘भ्यालेनटाइन्स् डे’ मा यस्तो छुट पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकको ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक, ‘भ्यालेनटाइन्स् डे’ मा यस्तो छुट पाइने

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ । फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेनटाइन्स् डेको अवसरमा बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहकको लागि उक्त योजना ल्याएको हो । यस योजना अनुसार बैंकले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेनटाइन्स् डे का दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ । बैंकले ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्युआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले यो योजना ल्याएको हो ।
बैंकले माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यिुआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई-कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिने बैंकले जनाएकाे छ ।
योजना अवधिभर ५०० रुपैयाँ भन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकको लागि उहाँहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ ।
उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहकलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले १०० रुपैयाँको मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: