×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? कुन संकेतबाट खुल्छ कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निफ्राको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? कुन संकेतबाट खुल्छ कारोबार ?

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आइपीओ सूचीकृत भएको छ । बैंकको आइपीओ माघ २९ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आउने छ । सिम्बोल एनआईएफआरए बाट बैंकको कारोबार खुल्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११३.६२ रुपैयाँ र अधिकतम ३४०.८६ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: